गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – वेस्ट इन्डिजसँगको पहिलो टी–२० क्रिकेट अस्ट्रेलियाले जितेको छ । कारारा मैदानमा पाहुना टोली वेस्ट इन्डिजले दिएको एक सय ४६ रनको लक्ष्य अस्ट्रेलियाले एक बल बाँकी छँदै सात विकेट गुमाएर भेटायो ।
अस्ट्रेलियाका लागि कप्तान एरोन फिन्चले सर्वाधिक ५८ र म्याथु वाडेले ३९ रन बनाए । बलिङतर्फ वेस्ट इन्डिजका सेल्डन कट्रेल र अल्जारी जोसेफले दुई/दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि केल मेयर्सले २९ र ओडियन स्मिथले २७ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका जाेश हेजलवुडले तीन तथा मिचेल स्टार्क र प्याट कमिन्सले दुई/दुई विकेट लिए ।
दुई खेलको टी–२० शृङ्खला खेल्न वेस्ट इन्डिज अस्ट्रेलियाको भ्रमणमा रहेको छ । यी दुईबीचकाे दाेस्राे टी–२० आउँदाे शुक्रवार हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।