उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
श्रीलङ्का सरकारले यस वर्षको अन्त्यसम्ममा नौ लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य लिएको जनाएको छ ।
श्रीलङ्काको पर्यटन विकास प्राधिकरण (एसएलटीडीए) ले भर्खरैको आर्थिक र राजनीतिक अस्थिरतापछि सामान्य अवस्था फर्काउने दिशामा काम गरिरहेकाले यस वर्षको अन्त्यसम्ममा नौ लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य लिएको हो ।
प्राधिकरण प्रमुख प्रियन्था फर्नान्डोले सन् २०२२ को अन्त्यसम्ममा श्रीलङ्काले कम्तीमा नौ लाख ७२ हजार चार सय ७५ जना पर्यटक भित्र्याउने लक्ष्य राखेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘नकारात्मकताको विरुद्ध लड्दै गर्दा पछिल्लो नौ महिनाको आगमनको आँकडाबाट हामी खुसी छैनौँ । यो एक क्रमिक निर्माण हो र वर्षको अन्त्यसम्ममा हामीले धेरैभन्दा धेरै पर्यटक भित्र्याउने योजनामा प्रतिबद्ध छौँ ।’
श्रीलङ्काका प्रमुख स्रोत बजारहरूले लगाएको यात्रा प्रतिबन्धहरू खुकुलो भए पनि सेप्टेम्बरमा मात्र २९ हजार आठ सय दुई जना विदेशी पर्यटकहरूको आगमन भएको र यहाँको राजनीति, आर्थिक सङ्कट र यसबाट प्रभावित पर्यटन सेवामा भारी प्रभाव देखिएको छ ।
पर्यटन उद्योगका जानकारहरूका अनुसार पर्यटन क्षेत्रको पुनरुत्थानमा श्रीलङ्का यस क्षेत्रका प्रतिस्पर्धीहरू भन्दा निकै पछाडि छ ।
माल्दिभ्सजस्ता प्रतिस्पर्धी देशले विगत केही महिनादेखि मासिकरूपमा एक लाखभन्दा बढी पर्यटकलाई स्वागत गर्दै आएका छन् भने श्रीलङ्कामा ३० हजारदेखि ६० हजारसम्म पर्यटक आउने गरेको सरकारी तथ्याङ्कले देखाएको छ ।
श्रीलङ्काको प्रमुख विदेशी मुद्रा आर्जन गर्ने स्रोतमध्येको एक पर्यटन क्षेत्र कोभिड–१९ महामारी र यसको आर्थिक तथा राजनीतिक सङ्कटका कारण धरापमा परेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।