प्रज्ञा प्रतिष्ठानमा कुलपति र सदस्य सचिव रिक्त

 असोज २०, २०७९ बिहीबार १३:५०:० | रासस
unn.prixa.net

काठमाण्डौ – नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायको चार वर्षे कार्यकाल आजदेखि पूरा हुँदैछ । उहाँहरुको २०७५ असोज २१ गते नियुक्ति भएको थियो । प्राज्ञ परिषद्का अन्य नौ सदस्यको कार्यकाल भने आउने पुस १ गते सकिनेछ ।

प्राज्ञ डा. देवी नेपालका अनुसार रिक्त पदमा उपकुलपति डा. जगमान गुरुङले निमित्त कुलपति र प्राज्ञ परिषद् सदस्य तथा साहित्य (पद्य/काव्य) विभाग प्रमुख प्राडा हेमनाथ पौडेलले निमित्त सदस्यसचिवको कार्यभार वहन गर्नुहुनेछ ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया