उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
यस वर्षकाे साहित्यतर्फकाे नाेबेल पुरस्कारकाे घाेषणा भएकाे छ । नाेबेल छनाेट समितिका अनुसार यस वर्षकाे नाेबेल पुरस्कार फ्रेन्च लेखिका एनी एनाक्सलाई दिइने भएकाे हाे ।
एनीले आफ्नाे लेखनकाे माध्यमबाट साहसिक 'क्लिनिकल एक्युटी' मा कैयाैँ लेख लेखेकी छिन् । उनले फ्रेन्च, अङ्ग्रेजीमा कैयाैँ उपन्यास पनि लेखेकी छिन् ।
‘लेख्नु एक राजनीतिक काम हाे, यसले हाम्राे आँखा खाेल्छ जसका कारण हामी सामाजिक असमानता देख्न सक्छाैँ’, एनी भन्छिन् ।
लेखिका एनीकाे जन्म सन् १९४० मा भएकाे थियाे । उनी नरमेडीकाे छाेटाे सहर यवेटाेटमा हुर्किएकी हुन् । जहाँ उनका आमाबुबा किराना पसल र क्याफे चलाउँथे ।
यो पुरस्कारको राशी एक करोड स्वीडिश क्रोनर अर्थात् नौ लाख १५ हजार अमेरिकी डलरभन्दा धेरै छ ।
सन् २०२१ काे साहित्यतर्फकाे नाेबेल पुरस्कार उपन्यासकार अब्दुलराजक गुरनाहलाई दिइएकाे थियाे । उनले उपनिवेशवादकाे प्रभाव, संस्कृतिलाई लिएर लेख लेखेका कारण याे पुरस्कार दिइएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।