बीआरआईअन्तर्गतका योजना अनुदानमा अघि बढाउन चीन सकारात्मक छ : ...
मंसिर १५, २०८१ शनिबार
गाेरखा - गोरखामा रुखमा झुन्डिएकाे अवस्थामा एकै परिवारका तीन जनाको शव फेला परेको छ । भीमसेन थापा गाउँपालिका-६ मा रहेकाे मेरियाटोलका ३४ वर्षका हेमबहादुर राना र उहाँका जुम्ल्याहा छोराको शव झुन्डिएकाे अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिनुभयो ।
'सात वर्षका दुई बालकको काप्राको रुखमा झुन्डिएकाे अवस्थामा शव फेला परेको छ', उहाँले भन्नुभयो, 'बुबा हेमबहादुरको शव अर्कै रुखमा भेटिएको छ ।' घटनाको प्रकृति हेर्दा रानाले दुई छोरालाई रुखमा झुन्ड्याएर हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको उहाँको भनाइ छ ।
घरबाट झण्डै डेढ किलोमिटर पश्चिमदक्षिणमा छोराहरूको शव एउटै डोरीमा झुन्डिएकाे अवस्थामा फेला परेकाे उहाँले बताउनुभयो । हेमबहादुरको शव भने बालकहरू झुन्डिएकाे रुखभन्दा केही पर अर्को रुखमा फेला परेको प्रहरीले जनाएकाे छ ।
घटनास्थलमा अहिले प्रहरीको टोली पुगेर अनुसन्धान सुरु गरेको उहाँले बताउनुभयो । 'घटना कसरी घट्यो भनेर खुल्न बाँकी नै छ', उहाँले भन्नुभयो, 'शवको मुचुल्का उठाउनका लागि प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ, तिनै जनाको शव पोस्टमार्टमका लागि गोरखा अस्पतालमा ल्याउने तयारी भइरहेको छ ।'
बिहान स्थानीयले उनीहरुलाई रुखमा झुन्डिएकाे देखेपछि घटनाका बारेमा जानकारी गराएका वडाध्यक्ष रञ्जन रिमालले जानकारी दिनुभयो । मृतक रानाले डेढ महिनाअघि मात्र श्रीमतीसँग सम्बन्धविच्छेद गरेका थिए।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।