गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – दक्षिण अफ्रिकासँगको एकदिवसीय क्रिकेट शृङ्खला भारतले जितेको छ । नयाँ दिल्लीमा आज मङ्गलवार भएको तेस्रो तथा अन्तिम खेल सात विकेटले जितेसँगै भारतले शृङ्खला नै जितेको हो ।
दक्षिण अफ्रिकाले दिएको एक सय रनको झिनो लक्ष्य भारतले १९ ओभर १ बलमा तीन विकेट गुमाएर भेटायो । भारतका शुभमन गिलले सर्वाधिक ४९ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका लुङ्गी एन्गिडी र बिजाेर्न फर्च्युनले एक/एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २७ ओभर १ बलमा अलआउट हुँदै ९९ रन मात्रै बनायो । उसका लागि हेनरिक क्लासेनले सर्वाधिक ३४ रन बनाए । बलिङतर्फ भारतका कुलदीप यादवले चार तथा वाशिङट्न सुन्दर, मोहम्मद सिराज र सहबाज अहमदले दुई/दुई विकेट लिए ।
यसअघि भएको तीन खेलकाे टी–ट्वेन्टी शृङ्खला पनि भारतले नै जितेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।