टी–२० विश्व कपमा नामिबियाले श्रीलङ्कालाई हरायाे

 असोज ३०, २०७९ आइतबार १३:१८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी टी–२० विश्व कपकाे उद्घाटन खेलमा नामिबियाले श्रीलङ्कालाई हराएकाे छ । साइमन्ड्स स्टेडियम जिलङमा भएकाे खेलमा नामिबियाले श्रीलङ्कालाई ५५ रनले हरायाे । 

नामिबियाले दिएकाे एक सय ६४ रनकाे लक्ष्य पछ्याएकाे श्रीलङ्काले १९ ओभरमा अलआउट हुँदै एक सय आठ रनमात्र बनाउन सक्याे । श्रीलङ्काका लागि कप्तान दसुन शनाकाले २९ र भानुका राजपाक्षले २० रन बनाए । बलिङतर्फ नामिबियाका डेभिड विस, बेर्नार्ड, बेन शिकाेङ्गाे र जान फ्रिलिङ्कले दुई–दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे नामिबियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ६३ रन बनायाे । नामिबियाका लागि जान फ्रिलिङ्कले ४४  जेजे स्मिटले ३१ रन बनाए । बलिङतर्फ प्रमाेद मदुशानले दुई विकेट लिए । 

उद्घाटन खेलमा श्रीलङ्कालाई हराउँदै नामिबियाले महत्त्वपूर्ण दुई अङ्क प्राप्त गरेकाे छ । समूह 'ए' मा यी दुईसहित नेदरल्यान्ड्स र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया