सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजकमा ग्लोबल आईएमई बैंक
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – आईसीसी टी–२० विश्व कपकाे दाेस्राे खेलमा नेदरल्यान्ड्सले संयुक्त अरब इमिरेट्स (यूएई) लाई हराएकाे छ । साइमन्ड्स स्टेडियम जिलङमा भएकाे खेलमा नेदरल्यान्ड्सले यूएईलाई तीन विकेटले हरायाे ।
यूएईले दिएकाे एक सय १२ रनकाे लक्ष्य नेदरल्यान्ड्सले अन्तिम बल बाँकी छँदा सात विकेट गुमाएर भेटायाे । नेदरल्यान्ड्सका लागि म्याक्स ओडाेडले २३ रन बनाए । बलिङतर्फ यूएईका जुनैद सिद्दिकीले तीन विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ११ रन बनायाे । यूएईका लागि मुहम्मद वसीले ४५ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका बस दी लिडेले तीन र फ्रेड क्लासेनले दुई विकेट लिए ।
आजकाे जितसँगै नेदरल्यान्ड्स दुई अङ्कका साथ समूह ए काे दाेस्राे स्थानमा पुगेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।