गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटमा स्कटल्यान्डले वेस्ट इन्डिजलाई हराएकाे छ । हाेबार्टमा भएकाे खेलमा स्कटल्यान्डले वेस्ट इन्डिजलाई ४२ रनले हराएकाे हाे ।
स्कटल्यान्डले दिएकाे एक सय ६१ रनकाे लक्ष्य पछ्याएकाे वेस्ट इन्डिज १८ ओभर ३ बलमा एक सय १८ रनमा अलआउट भयाे । वेस्ट इन्डिजका लागि जेसन हाेल्डरले ३८ र केल मेयर्सले २० रन बनाए । बलिङतर्फ स्कटल्यान्डका मार्क वाटले तीन तथा मार्क ह्वेल र स्याफान सरिफले दुई–दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे स्कटल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६० रन बनायाे । स्कटल्यान्डका लागि जर्ज मुन्सेले नटआउट ६६ रन बनाए । बलिङतर्फ वेस्ट इन्डिजका अलजारी जाेसेफ र जेसन हाेल्डरले दुई–दुई विकेट लिए ।
याे जितसँगै स्कटल्यान्डले तालिकामा महत्त्वपूर्ण दुई अङ्क जाेडेकाे छ । समूह 'बी' मा यी दुई टीमसहित आयरल्यान्ड र जिम्बावे रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।