सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजकमा ग्लोबल आईएमई बैंक
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - गण्डकी प्रदेशमा चलिरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबको पदकमा अग्रता कायमै रहेको छ । अहिलेसम्म आर्मीले ६१ स्वर्ण, ३९ रजत र २८ कास्य पदकसहित कुल १ सय २८ पदक जितेको छ ।
दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले २३ स्वर्ण, १७ रजत र २५ कास्य पदकसहित ६५ पदक जितेको छ । अर्को विभागीय टिम एपीएफले १६ स्वर्ण, २५ रजत र ३३ कास्य पदकसहित कुल ७४ पदक जितिसकेको छ ।
रजत र कास्यमा पुलिस क्लबभन्दा एपीएफ अगाडि छ । वाग्मती प्रदेशले १४ स्वर्ण, २२ रजत र २३ कास्यसहित कुल ५९ पदक हात पारेको छ । त्यस्तै, गण्डकी प्रदेशले १० स्वर्ण, ८ रजत र २० कास्य पदकसहित ३८ पदक जितेको छ ।
एनआरएनएले ६ स्वर्ण, ६ रजत ४ कास्यसहित १६ पदक, प्रदेश १ ले ३ स्वर्ण ८ रजत र २१ कास्यसहित ३२ पदक, मधेस प्रदेशले २ स्वर्ण, ३ रजत र ७ कास्य, सुदूरपश्चिम प्रदेशले २ स्वर्ण, १ रजत, ११ कास्यसहित १४ पदक, लुम्बिनी प्रदेशले १ स्वर्ण, ९ रजत र १२ कास्य र कर्णाली प्रदेशले १ स्वर्ण, १ रजत र २ कास्य पदकसहित ४ पदक हात पारेका राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।