सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजकमा ग्लोबल आईएमई बैंक
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै : तराई–मधेसमा मूल्यवृद्धि अपेक्षित अङ्कभन्दा माथि रहेको पाइएको छ । राष्ट्र बैंकले आज शुक्रवार सार्वजनिक गरेको चालु आर्थिक वर्षकाे पहिलो दोस्रो महिनाको अन्त्यसम्ममा तराईमा उपभोक्ता मुद्रास्फीति नौ दशमलव ३३ प्रतिशत बराबर रहेको छ ।
बैंकका अनुसार २०७८ भदौमा तराईको उपभोक्ता मुद्रास्फीति तीन दशमलव ६५ प्रतिशत बराबर थियो । गएकाे भदौमा काठमाण्डाै उपत्यकामा सात दशमलव ६२ प्रतिशत, पहाडमा आठ दशमलव ८२ प्रतिशत र हिमालमा छ दशमलव ६८ प्रतिशत मुद्रास्फीति रहेको छ ।
बैंकका अनुसार २०७८ भदौमा काठमाण्डाै उपत्यकामा तीन दशमलव २३ प्रतिशत, पहाडमा तीन दशमलव ९६ प्रतिशत र हिमाली क्षेत्रमा तीन दशमलव ५१ प्रतिशत बराबरको मुद्रास्फीति थियो ।
यस्तै भदौमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति आठ दशमलव ६४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको यही महिनामा यस्तो मुद्रास्फीति तीन दशमलव ४९ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति आठ दशमलव १७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति नौ दशमलव शून्य दुई प्रतिशत रहेको छ ।
२०७८ भदौको तुलनामा २०७९ भदौमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत फलफूल, घिउ तथा तेल, रेस्टुरेन्ट तथा होटल, मदिराजन्य पेयपदार्थ र तरकारी उपसमूहको मूल्यवृद्धि क्रमशः १७ दशमलव २९ प्रतिशत, १४ दशमलव ५३ प्रतिशत, १२ दशमलव ३० प्रतिशत, १० दशमलव २४ प्रतिशत र नौ दशमलव ९४ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात, स्वास्थ्य, फर्निसिङ तथा घरायसी उपकरण, शिक्षा र घरायसी उपयोगका वस्तु उपसमूहको मुद्रास्फीति क्रमशः २३ दशमलव ४१ प्रतिशत, १० दशमलव ५४ प्रतिशत, नौ दशमलव २५ प्रतिशत, आठ दशमलव ११ प्रतिशत र सात दशमलव ६९ प्रतिशत रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।