सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजकमा ग्लोबल आईएमई बैंक
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेट अन्तर्गत सुपर १२ काे खेलमा आयरल्यान्डले इङ्ग्ल्यान्डलाई हराएकाे छ । मेलबर्नमा भएकाे खेल वर्षाले प्रभावित भएपछि आयरल्यान्ड डकवर्थ लुइस नियमकाे आधारमा पाँच रनले विजयी भएकाे हाे ।
आयरल्यान्डले दिएकाे एक सय ५८ रनकाे लक्ष्य पछ्याएकाे इङ्ग्ल्यान्डले १४ ओभर तीन बलमा पाँच विकेट गुमाएर एक सय पाँच रन बनाउँदा वर्षाका कारण खेल राेकिएकाे थियाे । खेल फेरि सुरु हुन नसकेपछि आयरल्यान्ड डकवर्थ लुइस नियमकाे आधारमा पाँच रनले विजयी भएकाे हाे ।
इङ्ग्ल्यान्डका लागि डेविड मलानले ३५ र माेइन अलीले नटआउट २४ रन बनाए । बलिङतर्फ आयरल्यान्डका जाेशुआ लिटिलले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे आयरल्यान्डले १९ ओभर २ बलमा अलआउट हुँदै एक सय ५७ रन बनायाे । उसका एन्ड्रियु बालबर्नीले ६२ र लाेरकन टकरले ३४ रन बनाए । बलिङतर्फ इङ्ग्ल्यान्डका मार्क वुड र लायम लिभिङस्टाेनले तीन/तीन विकेट लिए ।
प्रतियाेगितामा याे आयरल्यान्डकाे पहिलाे जित हाे भने इङ्ग्ल्यान्डकाे पहिलाे हार हाे । याे जितसँगै आइरल्यान्ड दुई अङ्क जाेड्दै चाैथाे स्थानमा उक्लिएकाे छ । इङ्ग्ल्यान्ड भने तेस्राे स्थानमा झरेकाे छ । यी दुवै टाेली समूह 'ए' मा छन् ।
यही मैदानमा अहिले केही बेरमा समूह 'ए' कै न्युजिल्यान्ड र अफगानिस्तान खेल्दै छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।