रामेछाप दुर्घटना : वडाअध्यक्ष बस्नेतको शोकमा भाेलि गाउँपालिका...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – ‘कार्यपालिकाको निर्णयअनुसार करारमा कार्यरत कर्मचारीको म्याद थप गर्न मिल्छ कि मिल्दैन’ भन्दै टोल फ्री नम्बर ११०२ मा आएको जिज्ञासामा जवाफ यसरी दिइन्छ, ‘नयाँ कर्मचारीलाई करारमा भर्ना गर्न मिल्दैन तर साविकमा कार्यरत करारका कर्मचारीको म्याद थप्न आचारसंहिताले बाधा मानेको छैन ।’
निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य चुनावका लागि सञ्चालनमा ल्याएको पैसा नलाग्ने कल सेन्टमा आम मतदाताबाट अनेक प्रकारका जिज्ञासा आउने र आयोगको कल सेन्टरबाट जवाफ दिइ समाधान गर्ने क्रम चलिरहेको छ ।
गएको असोज २८ गतेदेखि सञ्चालनमा आएको यो सेन्टर सेवामा यही कात्तिक ८ गतेसम्ममा आएका एक हजार पाँच सय दुई कलमध्ये एक हजार एक सय ९७ वटा कल रिसिभ भइ एक हजार २५ वटा कलबाट आएका जिज्ञासालाई समाधान गरिएको छ । यस अवधिमा एक सय ७२ वटा कल मिस्ड भएका थिए भने तीन सय पाँच वटा भ्वाइस मेल आएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिनुभयो ।
स्थानीय तहका गाउँपालिका तथा नगरपालिकाका जनप्रतिनिधिले दलको चुनाव प्रचारप्रसार गर्न पाउँछन् कि पाउँदैनन् ? भन्ने प्रश्नमा ‘आफू निर्वाचित भएको पालिकाबाहेक अन्यत्र पाउँछन् तर त्यसरी अन्य पालिकामा प्रचारप्रसारमा जाँदा सरकारी स्रोत साधनको प्रयोग गर्न निर्वाचन आचारसंहिता २०७९ ले रोक लगाएको’ जवाफ दिइएको छ ।
आयोगले मिडियालाई अनुगमन गर्न सेना र प्रहरीलाई प्रयोग गरेको हो ? भन्ने प्रश्न पनि कल सेन्टरमा आउने गरेको छ । त्यसबारे आयोगको जवाफ छ, ‘होइन, सञ्चारमाध्यमका सामग्रीमा आचारसंहिता उल्लङ्घन भए/नभएको विषयमा अनुगमन प्रेस काउन्सिल नेपालमार्फत हुने गर्दछ ।’
आउँदो चुनावमा मतपत्र कति वटा हुन्छ र रङ कस्तो हुन्छ भन्ने प्रश्नको समाधान यसरी गरिएको छ, ‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा मतदाताले छुट्टाछुट्टै रूपमा चार वटा मतपत्रमा रहेका आफूले इच्छाएको निर्वाचन चिह्नमा मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) चुनावका लागि सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिह्न र विवरण भएको मतपत्र तथा प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालो रङको निर्वाचन चिह्न र विवरण भएको मतपत्र हुनेछ ।’
विसं २०७४ को चुनावमा समानुपातिकतर्फ पहिलो हुने दलको मत चिह्न अगाडि राखी दोस्रो, तेस्रो हुने दलको क्रमशः निर्वाचन चिह्न राखिन्छ । त्यसपछि दल दर्ताको क्रमअनुसार र स्वतन्त्र उम्मेदवारको हकमा उम्मेदवारको नामको वर्णानुक्रमअनुसार निर्वाचन चिह्न राखिन्छ ।
मत हाल्ने तरिका बारेमा सोधिएको प्रश्नमा प्रतिनिधि सभा सदस्य चुनावतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि रातो रङको निर्वाचन चिह्न र विवरण भएको मतपत्रमा मतदान गरी १ नं. को मतपेटिकामा मतपत्र खसाल्नुपर्दछ । प्रतिनिधि सभा सदस्य चुनावको समानुपातिक निर्वाचनतर्फको कालो रङको निर्वाचन चिह्न र विवरण भएको मतपत्रमा मतदान गरी मतपेटिका नं. २ मा मत खसाल्ने, त्यसपछि प्रदेश सभा सदस्य निर्वाचनतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि रातो रङको निर्वाचन चिह्न र विवरण भएको मतपत्रमा मतदान गरी ३ नं. को मतपेटिकामा मतपत्र खसाल्ने र अन्त्यमा प्रदेश सभा सदस्य निर्वाचनतर्फ समानुपातिक निर्वाचनतर्फका लागि कालो रङको निर्वाचन चिह्न र विवरण भएको मतपत्रमा मतदान गरी मतपेटिका नं. ४ मा मतपत्र खसाल्नुपर्दछ भन्ने उत्तर दिइएको छ ।
विभिन्न सङ्घ–संस्थाले चुनावमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न पाउँछन् कि पाउँदैनन् ? आयोगबाट उम्मेदवारको मोबाइल नम्बर उपलब्ध गराउन मिल्छ कि मिल्दैन ? आयोगबाट मतदाता शिक्षाअन्तर्गत नमुना मतदानका लागि मतपेटिका उपलब्ध गराइन्छ कि गराइँदैन ? जस्ता जिज्ञासा पनि कल सेन्टरमा आएका छन् । आयोगले मतदाता शिक्षा प्रयोजनार्थ सात सय ५३ वटै पालिकाले नमुना मतदानका लागि मतपेटिका प्राप्त गर्ने स्पष्ट पारेको छ ।
विगत वर्षदेखि हाम्रो दलले दशैँ, तिहारमा चियापन गर्ने परम्परा छ । यसपालि यसैबीचमा चुनाव परेकोले आचारसंहिता विपरीत हुन्छ कि हुँदैन भन्ने प्रश्नमा कुनै राजनीतिक दलको झन्डा, निर्वाचन चिह्न, उम्मेदवारको तस्बिर अङ्कित पर्चा, पोस्टर, ब्यानर नराखी सामान्य ढङ्गले चियापान गर्न बाधा छैन भनी जवाफ दिइएको छ ।
टोल सुधार समितिले फुटबल प्रतियोगिता आयोजना गर्न पाउने कि नपाउने ? उम्मेदवारबाट उद्घाटन गर्न मिल्ने कि नमिल्ने ? सार्वजनिक संस्था वा क्लबको तर्फबाट ज्येष्ठ नागरिकलाई सम्मान गर्ने योजना/कार्यक्रम र कुनै पनि राजनीतिक दललाई सम्बद्ध नगरि सम्मान कार्यक्रम गर्न मिल्छ कि मिल्दैन ? भन्ने प्रश्नमा पूर्वनिर्धारित प्रतियोगिता आयोजना गर्न बाधा नपर्ने तर कुनै राजनीतिक दलको नेता तथा उम्मेदवारले उद्घाटन गर्न मिल्दैन भन्ने जवाफ दिइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।