बीआरआईअन्तर्गतका योजना अनुदानमा अघि बढाउन चीन सकारात्मक छ : ...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले बङ्गलादेशलाई हराएकाे छ । सिड्नीमा भएकाे खेलमा दक्षिण अफ्रिकाले बङ्गलादेशलाई एक सय चार रनले हराएकाे छ ।
दक्षिण अफ्रिकाले दिएकाे दुई सय छ रनकाे लक्ष्य पछ्याएकाे बङ्गलादेश १६ ओभर ३ बलमा एक सय एक रनमा अलआउट भयाे । उसका लिटन दासनले ३४ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका एनरिच नाेकियाले चार विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेकाे दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय पाँच रन बनायाे । उसका रिले रुसाेले एक सय नाै र क्विन्टन डी ककले ६३ रन बनाए । बलिङतर्फ बङ्गलादेशका शकिब अल हसनले दुई विकेट लिए ।
याे जितसँगै दुई खेलमा तीन अङ्कसहित दक्षिण अफ्रिका समूह '२' काे तालिकाकाे शीर्ष स्थानमा उक्लिएकाे छ । बङ्गलादेश भने तेस्राे स्थानमा झरेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।