बीआरआईअन्तर्गतका योजना अनुदानमा अघि बढाउन चीन सकारात्मक छ : ...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - १५ वर्षमुनिको नेपाली महिला फुटबल टोली आज बङ्लादेश जाँदैछ । बङ्लादेशमा हुने १५ वर्षमुनिको साफ च्याम्पियनसिप खेल्न नेपाली टोली आज त्यसतर्फ जान लागेको हो ।
टोलीलाई हिजो बिदाइ गरिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टङ्कलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङले खेलाडीहरुलाई बिदाइ गरेका हुन् । १५ वर्षमुनिको साफ महिला च्याम्पियनसिप कार्तिक १५ गतेदेखि २५ गतेसम्म बङ्लादेशमा हुँदैछ ।
च्याम्पियनसिपमा घरेलुटोली बङ्लादेशसहित नेपाल र भुटान गरी तीन टिमले मात्र प्रतिस्पर्धा गर्नेछन् । डबल राउण्ड रोविन लिगका आधारमा खेलहरु हुनेछ । डबल राउन्ड रोबिन लिगपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ । नेपालले कार्तिक १७ गते भुटानसँग खेल्दै च्याम्पियनसिपको सुरुआत गर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।