गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले सडक विस्तार गर्दा दार्चुलामा नेपाली बालकको ज्यान गएको विषयमा छानबिन गर्न सरकारसँग माग गर्नुभएको छ ।
ओलीले फेसबुकमा स्टाटस लेखेर घटनाको तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन, दोषिमाथि कारबाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको हो । ओलीले 'तुइन काटेर गएकाे वर्ष जयसिंह धामीलाई मारिएको घटनामा जस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?' भनेर पनि प्रश्न सोध्नुभएको छ ।
नेपालसँगको सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्दा ढुंगाले लागेर हिजो दार्चुलाको व्यास गाउँपालिका–२ का बालक पवन महराको ज्यान गएको छ । घटनामा १४ वर्षीया बालिका सरिना महरासहित केही स्थानीय नागरिक घाइते भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।