बीआरआईअन्तर्गतका योजना अनुदानमा अघि बढाउन चीन सकारात्मक छ : ...
मंसिर १५, २०८१ शनिबार
आईसीसी टी–२० विश्वकप क्रिकेटमा न्युजिल्याण्डले श्रीलंकालाई ६५ रनले हराएको छ । अष्ट्रेलियाको सिड्नीमा न्युजिल्याण्डले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको श्रीलंका चार बल बाँकी छँदै एक सय दुई रन बनाउँदा अलआउट भयो ।
श्रीलंकाका लागि दासुन सनाकाले ३५ र भानुका राजापाक्षेले ३४ रन बनाए । बलिङतर्फ न्युजिल्याण्डका ट्रेन्ट बोल्टले चार तथा मिचेल सान्टनर तथा इश सोधीले २/२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले सात विकेट गुमाएर एक सय ६७ रन बनाएको थियो । उसका लागि ग्लेन फिलिपले एक सय ४ रन बनाए । उनी अहिले चलिरहेको विश्वकपमा शतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन् ।
बलिङतर्फ श्रीलंकाका कसुन रजिताले दुई तथा लाहिरु कुमारा, वनिन्दु हसरंगा, धनञ्जय दि सिल्भा र महिस थिकसनाले एक/एक विकेट लिए । समूह ‘१’ मा न्युजिल्याण्ड तीन खेलमा पाँच अंक जोडेर शीर्ष स्थानमा छ । श्रीलंका तीन खेलमा दुई अंकसहित पाँचौ स्थानमा छ ।
विश्वकप क्रिकेटका धेरै खेल वर्षाले रद्द भएका छन् । हिजो पनि अफगानिस्तान र आयरल्याण्ड तथा अष्ट्रेलिया र इंल्याण्डबीचको खेल रद्द भएका थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।