नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
दक्षिण कोरियाको राजधानी सिओलमा भागदौड मच्चिँदा कम्तीमा पनि १ सय ५१ जनाको ज्यान गएको छ । शनिवार राति हालुविन इभ मनाउन जम्मा भएका युवायुवतीहरूको भिडमा मच्चिएको भागदौडमा १ सय ५१ जनाको ज्यान गएको र कयौँ जना घाइते भएका बीबीसीले जनाएको छ ।
ज्यान गुमाउनेमध्ये १९ जना विदेशी नागरिक पनि रहेका छन् । ३ सय ५५ जना हराइरहेका भन्दै आफन्तले सिओल महानगरमा गुनासा टिपाएका पनि खबरमा उल्लेख छ । सडकमा एक लाख जना सहभागी भएका बेलामा एक्कासी भागदौड मच्चिएको थियो।
कोरोना महामारीका कारण तीन वर्षसम्म हालुविन इभ मनाउन नपाएका हजारौँ कोरियाली युवायुवती यसपालि निकै उत्साहकासाथ सडकमा निस्केर इभ मनाइरहेका थिए । मध्यरातमा भएको भागदौडबाट ज्यान गुमाउनेमध्ये धेरैजसो युवायुवती नै रहेका खबरमा उल्लेख छ । कोरियाली सरकारले घटनाको छानबिन गर्न एक समिति गठन गरेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेन, फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रो, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, बेलायती प्रधानमन्त्री ऋषि सुनक लगायतले घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Chandra Bahadur Pulami
Oct. 30, 2022, 9:16 a.m.सऊल अथवा सौल भने लेखम