गाेरखाबाट उम्मेदवार बन्न पाउँदा गर्व महसुस गरेकाे छु : प्रचण्ड

 कात्तिक १३, २०७९ आइतबार १९:४१:३९ | रासस
unn.prixa.net

फाइल फाेटाे

गोरखा – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक क्रान्ति सफल पार्न आर्थिक क्रान्ति अनिवार्य रहेको बताउनुभएको छ ।

आफ्नो निर्वाचन क्षेत्रका मतदातासँगको भेटघाटका लागि गोरखामा रहनुभएका प्रचण्डले आज आइतवार पालुङटार नगरपालिकाको सातदोबाटेमा आयोजित जनभेटघाटमा नेपालको अहिलेसम्मको क्रान्ति सफल पार्नका लागि अब आर्थिक क्रान्ति सुरु गर्ने बताउनुभयो ।

‘हामी (वाम–लोकतान्त्रिक गठबन्धन) यो राजनीतिक परिवर्तनलाई दिगो र सफल पार्नका लागि आर्थिक क्रान्ति अनिवार्य छ भन्ने निष्कर्षमा पुगेका छौँ’, उहाँले भन्नुभयो, ‘स्थितरता र समृद्धिका लागि पनि यो गठबन्धन अहिलेको आवश्यकता बनेको छ ।’ उहाँले देशमा राजनीतिक परिवर्तन भए पनि जनताले अहिलेसम्म प्रत्यक्ष भोग्ने, देख्ने र महसुस गर्ने गरी आर्थिक समृद्धि नहुँदा राजनीतिक परिवर्तन नहुने खतरा बढेको उल्लेख गर्नुभयो ।  

अध्यक्ष प्रचण्डले गोरखाबाट उम्मेदवार बन्न पाउँदा आफूले गर्वको महसुस गरेको बताउनुभयो । उहाँले मङ्सिरको चुनाव दुई विचार प्रवृत्तिबीचको गठबन्धन आमुन्ने सामुन्ने भएको भन्दै यो चुनावको विशेष महत्त्वको रहेको बताउनुभयो । ‘सधैँ यस्तो त हुँदैन तर यो पटक भएको छ’, उहाँले भन्नुभयो, ‘हामी वाम–लोकतान्त्रिक गठबन्धन संविधानको रक्षा गर्ने स्थिरता र समृद्धिका लागि गठबन्धन हो भने अर्कोतर्फ राजावादी सामान्तवादीहरुको गठबन्धन बनेको छ ।’

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया