काेहली बने आईसीसी 'प्लेअर अफ द मन्थ'

 कात्तिक २१, २०७९ सोमबार १६:१३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : आईसीसी

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले भारतीय क्रिकेटर विराट कोहलीलाई अक्टाेबर महिनाका लागि 'प्लेयर अफ द मन्थ' घोषित गरेकाे छ । 

यस्तै महिलातर्फ एसिया कपमा पाकिस्तानकाे तर्फबाट उत्कृष्ट प्रदर्शन गर्ने निदा डारलाई 'प्लेअर अफ द मन्थ' काे अवार्ड दिइएकाे छ ।

मिडियाका प्रतिनिधि, आईसीसी हल हफ फेम, अन्तर्राष्ट्रियस्तरका पूर्वखेलाडी र icc-cricket.com मा प्रशंसकहरूले गर्ने भाेटका आधारमा काेहली र डार दुवै विजेता घाेषित भएका हुन् । 

काेहलीले दक्षिण अफ्रिकाका डेभिड मिलर र जिम्बावेका सिकन्दर राजालाई पछि पारेका हुन् । निदा डारले भारतकी दिप्ती शर्मा र भारतकै जेमिमा राेड्रिगेजलाई पछि पारेकी हुन् ।

काेहलीले दुई सय पाँच रन बनाएपछि प्लेअर अफ द मन्थ घाेषित भएका हुन् । यस्तै निदा डारले छ खेलमा एक सय ४५ रन बनाउँदै आठ विकेट लिएकी थिइन् । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया