नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकट मानिएका व्यापारी येभगेनी प्रिगोजिनले अमेरिकी चुनावमा हस्तक्षेप गरेको स्वीकार गर्नुभएको छ । वासिङ्टन तथा युरोपेली देशले प्रतिबन्ध लगाएका प्रभावशाली रूसी व्यवसायी प्रिगोजिनले अमेरिकी चुनावमा हस्तक्षेप गरेको स्वीकार गर्नुभएको हो ।
‘अमेरिकी चुनावमा हामीले हस्तक्षेप गर्यौँ र गरिरहेका छौँ’, ६१ वर्षीय प्रिगोजिनको भनाइ उद्धृत गर्दै अमेरिकी समाचार संस्था ब्लूमबर्गले उल्लेख गरेको छ । यसअघि उहाँलाई मतदानको परिणाम प्रभावित गर्न ‘ट्रोल फ्याक्ट्री’ चलाएको आरोप लागेको थियो । अमेरिकामा आज मध्यावधि चुनाव हुँदैछ ।
मध्यावधि चुनाव प्रचारको अन्तिम दिन हिजो यो घोषणा प्रकाशित गरिएको थियो । यो घोषणालाई केही विश्लेषकहरूले प्रमाणको रूपमा व्याख्या गरी प्रिगोजिनले रूसमा सम्भावित राजनीतिक भूमिकाको खोजी गरिरहेको टिप्पणी गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।