उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
मकवानपुर - बाग्मती प्रदेशको निर्वाचन कार्यालय हेटौँडा मकवानपुरमा पुगेका केही मतपेटिका फुटेको भेटिएका छन् ।
प्रदेश निर्वाचन कार्यालय परिसरदेखि माथिल्लो तलासम्म नै निर्वाचन सामग्री राखिएका छन् । कार्यालय परिसरमा रहेका केही मतपेटिका फुटेका छन् ।
ती फुटेका मतपेटिका कर्मचारीले छुट्याउने गरेका छन् । सेतो रङ्गकाे मतपेटिका कुनैको पिँधमा, कुनैको बिर्कोमा तथा केही फक्लेटा नै उप्किएका छन् ।
निर्वाचन आयोगले केही दिन अगाडि यी मतपेटिका पठाएको थियो । यसपालि अत्यन्तै कमसल खालका मतपेटिका आएको बाग्मती प्रदेश निर्वाचन कार्यालयका कर्मचारीले आरोप लगाएका छन् ।
नयाँ मतपेटिका ठूलो कार्टुनमा शिल गरेर ल्याउँदा समेत फुटेको अवस्थामा भेटिएको प्रदेश निर्वाचन कार्यालय हेटौँडाका अधिकृत गोविन्दप्रसाद पौडेलले बताउनुभयो ।
मतपेटिका २३ वटा फुटेको पाइएको छ । त्यस्तै, १० वटाको बिर्को नै फुटेको भेटिएको छ । लोड अनलोड गर्दा, ल्याउँदा गाडीमा ठोक्किएर यस्तो भएको हुनसक्ने पौडेलले बताउनुभयो । प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख लुमनाथ पोख्रेलले फुटेका मतपेटिकालाई छुट्टै राखेर अरु नफुटेका मतपेटिकाको प्रयोग गरिने बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।