रामेछाप दुर्घटना : वडाअध्यक्ष बस्नेतको शोकमा भाेलि गाउँपालिका...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – दोस्रो एकदिवसीय क्रिकेटमा यूएईले नेपाललाई १ सय ९२ रनको लक्ष्य दिएको छ । किर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको यूएई ४३ ओभर २ बलमा १ सय ९१ रनमा अलआउट भयो । यूएईका मुहम्मद वासिमले सर्वाधिक ५० रनको अर्धशतक बनाए ।
यस्तै अलिशन शराफुले ३५ रन जोड्दा भ्रित्य अरबिन्दले २५ रन जोडे । नेपालका सोमपाल कामी र ललित राजवंशीले समान ३ विकेट लिए । त्यस्तै करन केसी, गुल्सन झा, दिपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान १/१ विकेट लिए ।
नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ । श्रृंखला जोगाउन नेपाललाई आज जित्नैपर्ने दबाब छ । अस्ति सोमबार भएको पहिलो खेलमा नेपाल यूएईसँग ८४ रनले पराजित भएको थियो । योसँगै तीन एकदिवसीय खेलको श्रृंखलामा यूएईले १–० को अग्रता बनाएको छ । आजको खेल जिते यूएईले श्रृंखला जित्नेछ । दुई देशबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल शुक्रबार हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।