टर्कीका धार्मिक नेता ओक्तारलाई ८ हजार ६ सय ५८ वर्षको जेल सजाय

 मंसिर १, २०७९ बिहीबार १४:४:१० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

टर्कीका धार्मिक नेता अदनान ओक्तारलाई यौन दुर्व्यवहारकाे आरोपमा अदालतले आठ हजार छ सय ५८ वर्षको जेल सजाय सुनाएको छ ।

अदनानमाथि महिलासँग अभद्र व्यवहार गरेको आरोप लागेको थियो । उनले महिलालाई यातना दिने, यौन दुर्व्यवहार गर्ने र तुच्छ शब्द प्रयोग गर्ने गरेको पनि अदालतले पुष्टि गरेको छ । यसअघि पनि अदालतले अदनानलाई एक हजार वर्षको जेल सजाय सुनाएको थियो । अदनानले धेरै युवती उपस्थित हुने एक टीभी शो चलाउने गरेका थिए । युवतीलाई उनले धेरै मेकअप गर्न र कम लुगा लगाउन भन्ने गरेको पाइएको छ ।

६६ वर्षीय अदनान धार्मिक गुरु पनि हुन् । गएकाे वर्ष पनि उनीमाथि यौन दुर्व्यवहार र नाबालिग बालिकाको शोषणको मुद्दा परेको थियो । जसका कारण अदनानलाई एक हजार ७५ वर्षको जेल सजाय सुनाइएको थियो । अदनानमाथि राजनीतिक र सैन्य जासुसीको पनि आरोप छ । उनी धार्मिक नेता गुरु भए पनि उनको जीवनशैली फरक छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • padam singh bist

    Nov. 17, 2022, 3:37 p.m.

    एक वर्ष मै एक हजार वर्ष पूरा भएर फेरि आठ हजार वर्ष कसो हो मैले त कुरै बुझिन 🤔🤔

  •  0 Reply

तपाईको प्रतिक्रिया