श्रीलङ्का पहिलाे पारीमा ४२ रनमै अलआउट
मंसिर १३, २०८१ बिहिबार
मुस्ताङ - मुस्ताङमा प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाव पछि सुरु भएको प्रतिनिधि सभातर्फको मतगणनाको प्रारम्भिक नतिजामा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ ।
मुस्ताङमा अहिलेसम्म तीन हजार ७७९ मत गणना गरी सक्दा नेपाली कांग्रेसको रुख चुनाव चिह्नमा २ हजार ३५, नेकपा एमालेको सूर्य चुनाव चिह्नमा १ हजार ६५७, राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिह्नमा ४१, राप्रपा नेपालको तिर चुनाव चिह्नमा ५ र ४० मत बदर भएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो।
मुस्ताङका प्रजिअ शर्माका अनुसार जिल्लाको कुल मतदाता सङ्ख्या १० हजार नौ सय ५७ रहेकाेमा सात हजार दुई सय ५७ मत खसेको हो । पुरुष तीन हजार छ सय २० र महिला तीन हजार छ सय ३६ र अन्य एक गरी सात हजार दुई सय ५७ जनाले मतदान गरेका शर्माले जानकारी दिनुभयो।
प्रतिनिधितर्फ ४ जना र प्रदेश १ तर्फ २ जना एवम् प्रदेश २ मा तीन जना गरी कुल तीन ठाउँका लागि ९ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ ।