उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
गुल्मी - गुल्मी क्षेत्र नं १ काे मतगणनाकाे आज बिहान ११ बजेदेखि सुरु हुने भएकाे छ। जिल्ला प्रशासन कार्यालयमा बिहान बसेकाे सर्वदलीय बैठकपछि मतगणना सुरु गर्ने विषयमा सहमति भएकाे मुख्य निर्वाचन अधिकृत वसन्तराज पाैडेलले जानकारी दिनुभएकाे छ ।
निर्वाचन अधिकृत कार्यालयले आयाेगकाे निर्देशिका बमाेजिम मत गणना गरिने जनाएकाे छ । गुल्मीको क्षेत्र नं १ अन्तरगत कालीगण्डकी गाउँपालिका २ अर्बेनीमा रहेकाे भगवती माध्यमिक विद्यालयकाे 'क' र 'ख' केन्द्रमा स्थगित भएकाे मतदान हिजाे सम्पन्न भएपछि मतगणना सुरु गर्न लागिएकाे हाे ।
मंसिर ४ गतेकाे निर्वाचनमा निर्वाचन अधिकृतले प्रतिनिधि सभाकाे प्रत्यक्षतर्फकाे मत पत्र दिने ठाउँमा प्रदेश सभाकाे प्रत्यक्षतर्फकाे मत पत्र दिएपछि मतदान स्थगित भएकाे थियाे।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।