गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर चुनाव जितेकोमा बधाई दिनुभएको छ ।
ओलीले आज बिहीवार प्रचण्डलाई फोन गरेर बधाई दिएको प्रचण्डको सचिवालयले जनाएको छ । फोनमा ओलीले अब सहकार्य गरेर जान सकिने विषयमा जिज्ञासा राख्नुभएको छ । ओलीले टेलिफोनका क्रममा पुरानो तिक्तता भुलेर आउँदा दिनमा सहकार्यबारे पनि कुरा गर्नुभएको छ ।
प्रचण्डले पनि अहिले आफूले चुनावी परिणामको समीक्षा गरिरहेको र सहकार्य गर्न कुनै आपत्ति नरहेको जनाउनुभएको थियो । नेकपाको विभाजनपछि दुवै नेता एकआपसमा आरोप–प्रत्यारोपमै रमाएका थिए, खासै बोलचाल थिएन ।
ओलीले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि फोन गरेर बधाई दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।