न्यूयोर्क र सिङ्गापुर विश्वको सबैभन्दा महँगा सहर

 मंसिर १७, २०७९ शनिबार १४:५२:२० | एजेन्सी
unn.prixa.net

न्यूयोर्क र सिङ्गापुर विश्वकै सबैभन्दा महँगा सहर रहेको एक सर्वेक्षणले जनाएको छ । वार्षिक रूपमा सार्वजनिक गरिने इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईयू)को सर्वेक्षणले अमेरिकाको न्यूयोर्कलाई सबैभन्दा महँगो सहरका रुपमा सूचिकृत गरेको छ । दाेस्राे स्थानमा सिङ्गापुर सहर रहेकाे छ ।

'कस्ट अफ लिभिङ' अर्थात् जीविका मूल्य सूचांकका आधारमा याे सर्वेक्षण गरिएकाे हाे । त्यस्तो सूचीमा न्यूयोर्क पहिलो पटक सबैभन्दा माथि आएको हो । गएको वर्ष एक नम्बरमा रहेको तेल अभिभ अहिले तेस्रो नम्बरमा छ । त्यसपछि हङकङ, लस एन्जलस, जुरिक, जेनेभा, सान–फ्रान्सिस्को, पेरिस, सिड्नी र कोपेनहेगन रहेका छन् । ईआईयू सर्वेक्षणका अनुसार विश्वका ठूला सहरहरूको जीवन धान्न लाग्ने खर्च औसत ८ दशमलव १ प्रतिशतले बढेको छ ।

रुस–युक्रेन युद्ध र आपूर्ति शृङ्खलामा कोभिड महामारीले पारेको असर त्यसका मुख्य कारण ठानिएका छन् । ईआईयूले दुई सय भन्दा धेरै वस्तु तथा सेवाका चार सय भन्दा धेरै मूल्यलाई विश्वभरका १ सय ७२ सहरमा राखेर तुलना गरेको थियो । सूची अनुसार सबैभन्दा कम महँगा सहरहरुमा कोलम्बो, चेन्नई, अहमदावाद, कराची, तेहरान, ट्रिपोली, दमास्कसलगायत रहेका छन् ।
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया