१९ वर्षमुनिको राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिको लागि सुदूरपश्चिम र लुम्बिनी प्रदेशले खेल्ने

 मंसिर १७, २०७९ शनिबार १६:३७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – १९ वर्षमुनिको राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिको लागि सुदूरपश्चिम र लुम्बिनी प्रदेशले खेल्ने भएका छन् । आज मधेश प्रदेशलाई ५८ रनले हराउँदै लुम्बिनीले फाइनलमा सुदूरपश्चिमसँगको भेट पक्का गरेको छ ।

त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा लुम्बिनीले दिएको २ सय २३ रनको लक्ष्य पछ्याएको मधेश ४५ ओभर ४ बलमा १ सय ६४ रन बनाउँदा अलआउट भयो । उसका मायान यादवले सर्वाधिक ३८ रन बनाए । बलिङतर्फ लुम्बिनीका अभिषेक गौचन र विशालविक्रम केसीले तीन/तीन विकेट लिए ।  

आजै मुल्पानी मैदानमा भएको अर्को खेलमा प्रदेश एकले कर्णाली प्रदेशलाई ७ विकेटले हरायो । कर्णालीले दिएको १ सय ५३ रनको लक्ष्य प्रदेश एकले ३१ ओभर ३ बलमा मात्रै तीन विकेट गुमाएर भेटायो । प्रदेश एकका लागि सोनु अन्सारीले ४५ र भुपाल दंगालले नटआउट ४२ रन बनाए । प्रदेश एक चौथो र कर्णालीले छैठौँ स्थानमा रहेर प्रतियोगिता टुंग्याएका छन् ।

फाइनल खेल पर्सि सोमबार हुनेछ । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया