रामेछाप दुर्घटना : वडाअध्यक्ष बस्नेतको शोकमा भाेलि गाउँपालिका...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – भारतसँगकाे एकदिवसीय क्रिकेट शृङ्खला बङ्गलादेशले जितेकाे छ । मिरपुरमा भएकाे दाेस्राे एकदिवसीय खेलमा बङ्गलादेशले भारतलाई पाँच रनले हराउँदै शृङ्खला जितेकाे हाे ।
बङ्गलादेशले दिएकाे दुई सय ७२ रनकाे लक्ष्य पछ्याएकाे भारतले निर्धारित ५० ओभरमा नाै विकेट गुमाएर दुई सय ६६ रनमात्र बनाउन सक्याे । भारतका लागि श्रेयस अय्यरले ८२, अक्षर पटेलले ५६ र राेहित शर्माले नटआउट ५१ रन बनाए । बलिङतर्फ बङ्गलादेशका इबादत हाेसैनले तीन विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे बङ्गलादेशले ५० ओभरमा सात विकेट गुमाएर दुई सय ७१ रन बनायाे । बङ्गलादेशका लागि मेहदी हसनले १०० रन बनाए । यस्तै महमदुल्लाहले ७७ रन बनाए । बलिङतर्फ भारतका वाशिङ्टन सुन्दरले तीन विकेट लिए ।
पहिलाे खेलमा एक विकेटले विजयी भएकाे बङ्गलादेशले एक खेलअघि नै शृङ्खला जितेकाे हाे । तेस्राे तथा अन्तिम खेल आउँदाे शनिवार हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।