इरानमा सरकारविरोधी प्रदर्शनकारीलाई पहिलो पटक मृत्युदण्डको सजाय

 मंसिर २३, २०७९ शुक्रबार ६:३६:३९ | एजेन्सी
unn.prixa.net

इरानले सरकारविरुद्धको प्रदर्शनमा सहभागी एक व्यक्तिलाई मृत्युदण्ड दिएको छ । विरोध प्रदर्शन गर्नेलाई मृत्युदण्ड दिइएको यो पहिलो घटना हो ।

मोहसिन शेकारीलाई ‘मोहरेबेह’ अर्थात् ईश्वरविरोधी गतिविधि गरेको आरोपमा हिजो मृत्युदण्ड दिइएको बीबीसीले जनाएको छ । उनीमाथी गएको सेप्टेम्बरमा तेहरानको मुख्य सडक अवरुद्ध गरेको र अर्धसैनिक बलका एक सदस्यलाई छुरा प्रहार गरी घाइते बनाएको अभियोग रहेको थियो ।

एक अभियानकर्मीका अनुसार मोहसिनलाई कुनै प्रकृया विना नै दोषी ठहर गरिएको थियो । अन्तर्राष्ट्रिय समुदायले यो मृत्युदण्डविरुद्ध तत्काल प्रतिक्रिया जनाउनुपर्नेमा नर्वेमा रहेको इरान मानव अधिकारका निर्देशक महमुद अमिरी मोगदमले बताउनुभएको छ ।

अदालतको फैसलाविरुद्ध दोषी भनिएका शेकारीले अपिल गरेका थिए । तर उनीविरुद्ध पुरानै फैसलालाई सर्वोच्च अदालतले सदर गरेको थियो ।

रिभोल्यूशनरी अदालतले अरु १० जना प्रदर्शनकारीलाई पनि मृत्युदण्डको सजाय सुनाएको छ । तर उनिहरुको परिचय खुलाइएको छैन ।

एम्नेस्टी इन्टरनेश्नलले मृत्युदण्डको सजाय प्रदर्शन दबाउन र आम नागरिकमा त्रास पैदा गर्न नियोजित कदम रहेको टिप्पणी गरेको छ ।

इरानमा प्रहरी हिरासतमा रहेकी २२ वर्षीया महसा अमिनीको ज्यान गएपछि प्रदर्शन सुरू भएको थियो । महसालाई गएको सेप्टेम्बर १३ मा विशेष प्रहरीले गलत तरिकाले हिजाब लगाएको भन्दै पक्राउ गरेको थियो ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया