बीआरआईअन्तर्गतका योजना अनुदानमा अघि बढाउन चीन सकारात्मक छ : ...
मंसिर १५, २०८१ शनिबार
कतारमा चलिरहेको फिफा विश्वकपको उपाधिकालागि भोलि फ्रान्स र अर्जेन्टिना खेल्दैछन् । तर फाइनल खेलअघि फ्रान्सका दुई मुख्य खेलाडी अस्वस्थ भएका छन् ।
डिफेन्डर राफेल भराने र इब्राहिमा कोनाटे अस्वस्थ भएका हुन् । उनीहरुले फाइनल खेल्ने या नखेल्ने निर्णय भैसकेको छैन । फाइनल खेल कतारको लुसेल मैदानमा नेपाली समय अनुसार भोलि राति पौने ९ बजे सुरु हुनेछ । अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले र फ्रान्स दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० गोलले पराजित गरी फाइनलमा पुगेको हो ।
यी दुई देश पहिलो पटक विश्वकपको फाइनलमा खेल्न लागेका छन् । आज राति पौने ९ बजे तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्को खेल्दैछन् । कतारमा चलिरहेको विश्वकपको विजेताले ४२ मिलियन अमेरिकी डलर पुरस्कार पाउनेछ । यस्तै उपविजेताले ३० मिलियन डलर, तेस्रो हुनेले २७ मिलियन र चौथो हुने टोलीले २५ मिलियन डलर पुरस्कार प्राप्त गर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।