गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन् । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतसहित नेताहरु विमलेन्द्र निधी, दीपक खड्कालगायतले संसदमा सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्नु स्वभाविक हुने बताएका छन् ।
आज पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको सांसदहरुको भेलामा सहभागी कांग्रेस प्रवक्ता महतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि प्रधानमन्त्रीमा इच्छा व्यक्त गरेको तर सरकारको नेतृत्व कांग्रेसले नै गर्नु स्वभाविक हुने प्रतिक्रिया दिनुभएको छ । एक्लै वहुमत नभएको अवस्थामा अरु दलको सहयोग लिएर कांग्रेसले सरकार बनाउने उहाँको भनाई छ । अर्का नेता विमलेन्द्र निधी र दीपक खड्काले पनि कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बन्नु परिस्थितिजन्य निष्कर्ष भएको बताउनुभएको छ ।
यसअघि आजै प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले शक्ति बाँडफाटका विषयमा छलफल गर्न चाहेको तर देउवाले कांग्रेस संसदीय दलको नेता चयन हुने बेलासम्म पर्खिन आग्रह गर्नुभएको कांग्रेस नेताहरुले बताएका छन् ।
कांग्रेसले भोलि केन्द्रीय कार्यसम्पादन समितिको बैठक समेत बोलाएको छ । बैठकमा संसदीय दलको नेता चयन र नयाँ सरकारका विषयमा छलफल हुनेछ । कांग्रेसमा सभापति शेरबहादुर देउवासहित महामन्त्री गगन थापालगायतले संसदीय दलको नेतामा दाबी गर्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।