एनपीएलको उद्घाटन खेलमा विराटनगरलाई हराउँदै जनकपुरको विजयी ...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – बङ्गलादेशसँगकाे पहिलो टेस्ट क्रिकेट भारतले जितेको छ । चट्गाउँमा भएको खेलमा भारतले बङ्गलादेशलाई एक सय ८८ रनले हरायो ।
पाँच सय १३ रनको विशाल लक्ष्य पछ्याएको बङ्गलादेश आज आइतवार पाँचौँ दिनको पहिलो सेसनमै तीन सय २४ रन बनाउँदा अलआउट भयो । उसका लागि जाकिर हसनले १ सय र शाकिब अल हसनले ८४ रन बनाए । बलिङतर्फ भारतका अक्षर पटेलले चार र कुलदीप यादवले तीन विकेट लिए ।
भारत र बङ्गलादेशबीच दुई खेलको टेस्ट शृङ्खला हुन लागेकाे हाे । यसअघि भएको तीन खेलको एकदिवसीय शृङ्खला बङ्गलादेशले जितेको थियो ।
बंगलादेशसँगको पहिलो टेष्ट क्रिकेट भारतले जितेको छ । चट्गाउँमा भएको खेलमा भारतले बंगगलादेशलाई १ सय ८८ रनले हरायो । ५ सय १३ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश आज पाँचौ दिनको पहिलो सेसनमै ३ सय २४ रन बनाउँदा अलआउट भयो । उसका लागि जाकिर हसनले एक सय र शाकिब अल हसनले ८४ रन बनाए । बलिङतर्फ भारतका अक्षर पटेलले ४ र कुलदीप यादवले ३ विकेट लिए । भारत र बंगलादेशबीच २ खेलको टेष्ट शृङख्ला भइरहेको छ । यसअघि भएको तीन खेलको एकदिवसीय शृङख्ला बंगलादेशले जितेको थियो ।
यसअघि भारतले टस जितेर पहिले ब्याटिङ गर्दै पहिलाे इनिङ्समा चार सय चार रन बनायाे । भारतका लागि चेतेश्वर पुजाराले ९०, श्रेयस अय्यरले ८६ र रविचन्द्रन अश्विनले ५८ रन बनाए । बलिङतर्फ बङ्गलादेशका तैजुल इस्लाम र मेहदी हसन मिराजले चार/चार विकेट लिए ।
बङ्गलादेशले पहिलाे इनिङ्समा एक सय ५० रनमात्रै बनाउन सक्याे । बङ्गलादेशका लागि मुश्फिकर रहीमले २८ र मेहदी हसनले २५ रन बनाए । बलिङतर्फ भारतका कुलदीप यादवले पाँच र माेहम्मद सिराजले तीन विकेट लिए ।
दाेस्राे इनिङ्समा शुभमन गिलकाे एक सय १० र चेतेश्वर पुजाराकाे एक सय दुई रनकाे मदतमा दुई सय ५८ रन बनेकाे अवस्थामा भारतले इनिङ्स सकिएकाे घाेषणा गरेकाे थियाे । बलिङतर्फ बङ्गलादेशका खालेद अहमद र मेहदी हसनले एक/एक विकेट लिए । भारतले पाँच सय १२ रनकाे अग्रताका साथ इनिङ्स सकिएकाे घाेषणा गरेपछि बङ्गलादेशले पाँच सय १३ रनकाे लक्ष्य पाएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।