गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न मार्ग प्रशस्त भएको बताउनुभएको छ ।
आज आइतवार प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदलाई प्रमाणपत्र दिने कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्ने बाटो खुलेको बताउनुभएको हो । उहाँले आयोगले चुनावकाे मत परिणाम सार्वजनिक गरिसकेको र निर्वाचित सबैलाई प्रमाणपत्रसमेत दिइसकेकाले नयाँ सरकार गठन हुने प्रक्रिया सुरु गर्न मार्ग प्रशस्त भएको बताउनुभयो ।
प्रमुख आयुक्त थपलियाले एक महिनाभित्रमा राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव भइसक्ने पनि बताउनुभयो । यसका निम्ति सांसदले शपथ ग्रहण गर्नासाथ प्रक्रिया अगाडि बढाइने उहाँको भनाइ छ । चुनावकाे मिति भने सरकारसँगको परामर्श पछि तय गरिने उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘आजदेशि दुवै सभा आह्वान गर्नका निम्ति मार्ग प्रशस्त भएकाे छ । सभा आह्वान हुनासाथ स्वाभाविकरूपले शपथ हुनेछ । नयाँ सरकार गठन हुने प्रक्रिया प्रारम्भ गर्न मार्ग प्रशस्त भइसकेको हुनाले सबै प्रक्रिया हेरेर उपयुक्त समयमा राष्ट्रपति तथा उपराष्ट्रपति पदको निर्वाचनको प्रक्रियालाई अगाडि बढाउँछौँ ।’
थपलियाले गएकाे चुनावबाट सिकेका पाठलाई प्रयोग गर्दै आउँदा चुनावलाई व्यवस्थित बनाउनतर्फ आयोगले ध्यान दिने उल्लेख गर्नुभयो । उहाँले नवनिर्वाचित सांसदको पाँच वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।