गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - नेपाली कांग्रेस संसदीय दलको नेताको उम्मेदवार छान्न संस्थापन इतर समूह आज पनि छलफलमा जुटेको छ । संस्थापन इतर समूहबाट महामन्त्री गगन थापा र नेता शेखर कोइरालाबीच दलको नेताका लागि दाबी रहेको छ । यसअघि हिजो बसेको बैठक आज बिहान पुन: बस्ने गरी सकिएको थियो ।
कांग्रेसमा संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा संसदीय दलको नेताको उम्मेदवार रहनुभएको छ भने इतर समूहमा कोइराला र थापा को बन्ने भनेर अहिलेसम्म सहमति जुट्न नसकेको हो । संस्थापन इतर समूहका नेता तथा सांसदहरूले कोइराला र थापालाई मिलेर एक जना उम्मेदवार बन्न दबाब दिँदै आएका छन् ।
कांग्रेसले संसदीय दलको नेता छान्न भोलि बिहान चुनाव गर्ने तयारी छ । त्यसका लागि निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि आज दिउँसो २ देखि ३ बजेसम्मको समय निर्धारण गरेको छ । अस्ति बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री भीष्मराज आङ्दम्बेको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।
मिलेर जाने सम्भावनाको खोजी गर्न महामन्त्री थापा र नेता कोइराला समूहले प्रयास गरिरहेको छ । गगन थापाले यसपटक आफूलाई सघाउन शेखर कोइरालासँग आग्रह गर्दै आउनुभएको छ । शेखर कोइरालाले भने अर्को पटक आफूले सघाउने ग्यारेन्टी दिन तयार रहेको तर अहिले आफूलाई सहयोग गर्न थापालाई आग्रह गर्नुभएको छ ।
संसदीय कानुन अनुसार प्रधानमन्त्रीको दाबी गर्न संसदीय दलको नेता हुनुपर्छ । हरेक दलका सांसदहरुले आफ्नो पार्टीको संसदीय दलको नेता चयन गर्छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।