गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापाबीच छलफल भएको छ । संसदीय दलको नेताको उम्मेदवार छान्न संस्थापन इतर समूहको बैठक बस्नु अघि दुई नेताबीच छलफल भएको हो । तर, भेटघाट भए पनि सहमति भए नभएबारे केही जानकारी आएको छैन ।
संस्थापन इतर समूहबाट कोइराला र थापाले दलको नेताका लागि दाबी गरेका छन् । तर, यो समूहका अन्य नेताले एउटै समूहबाट दुई जना उम्मेदवारभन्दा पनि सहमति गरेर एक जनालाई मात्रै उम्मेदवार बन्न आग्रह गर्दै आएका छन्। संस्थापन इतर समूहले आज सहमति गरेर एक जना उम्मेदवारको मात्रै मनोनयन गर्ने सम्भावना छ ।
कांग्रेसमा संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा संसदीय दलको नेताको उम्मेदवार हुनुहुन्छ । कांग्रेसको निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि आज दिउँसो २ देखि ३ बजेसम्मको समय निर्धारण गरेको छ । अस्ति बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री भीष्मराज आङ्दम्बेको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।
संसदीय दलको नेता छान्न भोलि चुनाव गर्ने तयारी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।