गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महामन्त्री गगन थापालाई संसदीय दलको नेताको उम्मेदवार प्रस्ताव गर्नुभएको छ ।
आज मङ्गलवार काठमाण्डाैकाे एक हाेटलमा आफू निकट सांसद र केन्द्रीय सदस्यको भेला राखेर कोइरालाले थापालाई प्रस्ताव गर्नुभएको हो । थापाको समर्थकमा उपसभापति धनराज गुरुङ धनराज, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पाैडेल रहने हुनुभएकाे छ ।
आउँदाे १५ औँ महाधिवेशनमा काेइरालालाई सर्वसम्मत सभापतिकाे उम्मेदवार बनाउने सर्तमा गगन थापालाई संसदीय दलकाे नेताकाे उम्मेदवार बनाउने निर्णय भएकाे हाे ।
कांग्रेस संसदीय दलको चुनावका लागि आज दिउँसाे मनाेनयन दर्ताकाे समय ताेकिएकाे छ । भाेलि बुधवार बिहान ८ बजेदेखि चुनाव हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।