मैले पार्टी कार्यालयमा बसेर गर्नुपर्ने काम धेरै छ, तुरुन्तै मन्त्री बन्नेतिर लागेर हुन्छ ? : विश्वप्रकाश शर्मा

 पुष ६, २०७९ बुधबार १२:५४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ सरकारमा मन्त्री बन्ने कुरामा आफू नरहेको स्पष्ट पार्नुभएको छ । 

आज बुधवार काँग्रेस संसदीय दलको नेताको चुनावपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले नयाँ सरकारमा मन्त्री बन्नेतिर आफू नलाग्ने बताउनुभएको हो । उहाँले पार्टी कार्यालयमा बसेर गर्ने आफ्नो कामहरू धेरै भएको बताउनुभयो । सरकारमा जाने पार्टीका नेताहरूलाई घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धताअनुसार काम गर्न आग्रह गर्ने कुरामा आफू लाग्ने उहाँकाे भनाइ छ ।  

उहाँले भन्नुभयो, ‘महामन्त्री भएको वर्ष दिन पुग्दैछ । अझै धेरै कुराहरू गर्न बाँकी नै छन् । गर्न नसकिराखिएको, गर्न नभ्याइरहेको कामहरूले मलाई पर्खिरहेको बेला छ अनि विश्वप्रकाश शर्मा तुरुन्तै मन्त्री बन्नेतिर लागेर हुन्छ ? यो उचित हुँदैन, अहिले म मन्त्री बन्ने कुरामा छैन । सरकारमा जाने साथीहरूलाई यो घोषणापत्र बोकेर काम गर्नुहोला है भनेर भन्नु राम्रो । तर अहिले मैले पार्टीको कार्यालयमा बसेर कार्य गर्नुपर्छ । त्यस कारण मन्त्री बन्ने कुरामा तत्कालै विश्वप्रकाश शर्मा लाग्नु हुँदैन ।’

महामन्त्री शर्माले सरकारमा जाने सांसदको संयोजनलगायतका कामहरू अघि बढाउने कुरामा आफू लाग्ने बताउनुभयो । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया