गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – प्रतिनिधि सभा सदस्य पशुपतिशम्शेर जबराले ज्येष्ठ सदस्यका रूपमा शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आज बुधवार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित सांसद जबरालाई शपथ ग्रहण गराउनुभएको हो ।
राष्ट्रपतिले प्रतिनिधि सभाका ज्येष्ठ सदस्यलाई शपथ ग्रहण गराउने व्यवस्था छ । त्यसपछि ज्येष्ठ सदस्यले प्रतिनिधि सभाका सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाउने संवैधानिक व्यवस्था छ ।
संसद् सचिवालयले मङ्सिर ७ गते भाेलि बिहीवार प्रतिनिधि सभा सदस्यलाई शपथ खुवाउने कार्यक्रम तय गरेको छ । सांसद जबराको जन्म १९९८ साल मङ्सिर २४ गते भएको संसद् सचिवालयको रेकर्डमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।