पूर्वप्रधानन्यायाधीश जबराविरुद्धकाे महाअभियाेग संसदमा छलफल हुन्छ : गगन थापा

 पुष ७, २०७९ बिहीबार १८:४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग आउँदाे संसदमा छलफल हुनेमा विश्वस्त रहेको बताउनुभएको छ । 

आज बिहीवार सङ्घीय संसद् सचिवालयमा प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण गरेपछि सञ्चारकर्मीसँगको कुराकानीमा सांसद थापाले यस्तो बताउनुभएको हो । उहाँले यसअघिको संसदमा आफ्नो पोजिशन त्याे विषयमा छलफल गर्ने भएकाले अन्य समर्थन गर्ने दलहरूले पनि छलफलमा सहभागी बन्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘पूर्वप्रधानन्यायाधीश जबराको महाअभियोगको विषयले निरन्तरता पाउँछ भन्ने नै छ । हाम्रो आफ्नो राजनीतिक पोजिशन भएपछि सुविधाअनुसार त्यसको व्याख्या गर्न पाइएन । हाम्रो पोजिशन यसले निरन्तरता पाउँछ भन्ने नै रह्यो । जुन जुन दलले यसले निरन्तरता पाउँछ भन्ने पोजिशन राखेका छन्, ती दलले यो संसदमा आइसकेपछि त्यो विषय अघि बढाउनैपर्छ ।’

सांसद थापाले संसद्को लाइब्रेरीलाई संसद्को सम्पत्तिकाे रूपमा अघि बढाउनुपर्ने बताउनुभयो । संसद्को लाइब्रेरीले सांसदको गुणस्तरलाई बढाउने उहाँकाे भनाइ छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Ram

    Dec. 22, 2022, 6:15 p.m.

    संसदवाट महाभियोग फेल भयोभने त्यसको क्षतिपुर्ति चोलेंद्रलाई कसले कसरी तिर्छ ? एउटा प्रधान न्यायधिस भएकोलाई त्यसरी लखटेको राम्रो होइन / भोली अर्कोलाई त्यसरी नै लखेटे के हुन्छ ??

  •  0 Reply

तपाईको प्रतिक्रिया