नेपाल टी–२० लिगमा विराटनगरकाे पहिलाे जित, पाेखराकाे लगातार चाैथाै हार

 पुष १३, २०७९ बुधबार १७:३६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – नेपाल टी–२० लिग (एनपीएल) क्रिकेट प्रतियाेगिताअन्तर्गत आज बुधवार भएकाे दाेस्राे खेलमा विराटनगर किङ्ग्सले पोखरा एभेन्जर्सलाई छ विकेटले हराएकाे छ । 

त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको एक सय ४० रनको लक्ष्य विराटनगरले १७ ओभर ५ बलमा चार विकेट गुमाएर भेटायो । विराटनगरका लागि हुसैन तलातले नटआउट ५० रन र अर्जुन साउदले २५ रन बनाए । बलिङतर्फ पोखराका कुशल मल्ल र शरद भेषवाकरले दुई/दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पोखराले निर्धारित १९ ओभरमा सात विकेट गुमाएर एक सय ३९ रन बनायाे । पाेखराका लागि कुशल मल्लले १८ बलमा ३७ रन र सिद्धान्त लाेहनीले २६ रन बनाए । बलिङतर्फ पाेखराका हुसैन तलाल र राज ननानले दुई/दुई विकेट लिए । 

आजको जितसँगै विराटनगर दुई अङ्कसहित तालिकाकाे चौथो स्थानमा पुगेको छ । लगातार चार खेल हारेकाे पोखरा तालिकाकाे पुछारमा छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया