बीआरआईअन्तर्गतका योजना अनुदानमा अघि बढाउन चीन सकारात्मक छ : ...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – गण्डकी ११ स्पेनको दोस्रो डिभिजनको लिग क्लब कासेरेन्यो एफसीसँगकाे मैत्रीपूर्ण फुटबलमा पराजित भएकाे छ ।
पोखरा रङ्गशालामा आज बुधवार भएकाे खेलमा स्पेनी क्लब कासेरेन्यो एफसीले गण्डकी-११ लाई तीन–शून्य गाेलले हरायाे । उसका लागि कारमेलो, बेरमु र माइकल कारलेरोले एक/एक गोल गरे ।
गण्डकी–११ को टिमकाे कप्तानी अनिल गुरुङले गरेका थिए । याे खेलमा गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङ पनि दाेस्राे हाफमा मैदान प्रवेश गर्नुभएकाे थियाे ।
स्पेनी टोलीले भाेलि बिहीवार काठमाण्डाै-११ सँग काठमाण्डाैकाे दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल्नेछ । काठमाण्डाै–११ को कप्तानी राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जनले गर्नेछन् ।
लुम्बिनी गार्डेन फाउन्डेशनकाे आयोजनामा स्पेनी टाेली दुई वटा मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएकाे हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।