सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजकमा ग्लोबल आईएमई बैंक
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – स्वतन्त्र सांसद प्रभु साहको नेतृत्वमा नयाँ पार्टी गठन भएको छ । काठमाण्डाैमा आज बिहीवार सम्पन्न भेलाले साहको अध्यक्षतामा आम जनता पार्टी घोषणा गरेको हो ।
भेलाले ५१ सदस्यीय तदर्थ समितिसमेत गठन गरेको छ । पार्टीको प्रदेश अध्यक्ष, सचिव र इन्चार्जकाे जिम्मेवारीसमेत तोकिएको छ । पार्टीलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न आम जनता पार्टीको अन्तरिम विधान २०७९ लाई पारित गरेको छ ।
नेकपा एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिनुभएका साह गएकाे मङ्सिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा चुनावमा रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनुभएको थियो । आम नागरिककाे चाहना र वर्तमान समयको आवश्यकतालाई आत्मसात् गर्दै देशलाई अग्रगमनको दिशामा अगाडि बढाउन नयाँ पार्टी गठन गरिएको अध्यक्ष साहले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।