तारिफ होइन, दिल खोलेर खबरदारी गरिदिनुहोस् – गृहमन्त्री लामिछाने

 पुष १५, २०७९ शुक्रबार १९:१७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूहरुको कामको तारिफ गर्न कन्जुस्याइँ गरे पनि दिल खोलेर खबरदारी गर्न अनुरोध गर्नुभएको छ ।

आफूलाई बधाई तथा शुभकामना दिनेहरुलाई सामाजिक सञ्जाल फेसबुकमार्फत् धन्यवाद दिँदै लामिछानेले खबरदारी गरिरहन अनुरोध गर्नुभएको हो । उहाँले कानुन अनुसार हुने काममा मन्त्रीलाई नै भेट्नुपर्ने आवश्यकता नरहेको भन्दै गृहमन्त्रालयका कर्मचारीहरु काम गर्न योग्य, सक्षम र प्रतिबद्ध रहेका बताउनुभएको छ ।

यस्तै, उहाँले अब भेटघाट, फूलमाला, खादा, गम्छाको  सिलसिलालाई रोकेर निरन्तर काममा लाग्नु पर्ने बेला आएको पनि बताउनुभएको छ । आफूले जिम्मेवारीलाई इमानदारितापूर्वक निर्वाह गर्ने भन्दै लामिछानेले लेख्नुभएको छ ‘जीवन पाउनु र गुमाउनुको बेहिसाब बहीखाता हो जस्तो लाग्छ  र बाल्यकालदेखि  आजसम्म मैले  आफ्ना तर्फबाट नगुमाएको र कहिल्यै नगुमाउने प्रतिज्ञा गरेको एउटै चिज इमानदारी हो।’

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया