रामेछाप दुर्घटना : वडाअध्यक्ष बस्नेतको शोकमा भाेलि गाउँपालिका...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - नेपाल टी–२० क्रिकेट लिगमा पोखरा एभेन्जर्सले दोस्रो जित निकालेको छ । कीर्तिपुर मैदानमा आज भएको पहिलो खेलमा पोखराले लुम्बिनी अल स्टार्सलाई ९ विकेटले हरायो । लुम्बिनीले दिएको १ सय २८ रनको लक्ष्य पोखराले १८ ओभर २ बलमा १ विकेट गुमाएर भेट्टायो ।
पोखराका आरिफ शेख र आसिफ शेखले दोस्रो विकेटका लागि ९५ रनको साझेदारी गरे । आसिफ ७७ रन र आरिफ २६ रनमा अविजित रहे । सुमित महर्जन १३ रनमा आउट भए । लुम्बिनीका किशोर महतोले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय २७ रन बनाएको थियो ।
लुम्बिनीका हरमित सिंहले ३८ तथा श्याड्ली भानले १६ रन बनाए । पोखराका विपिन खत्री र जाहिर खानले समान ३/३ तथा आरिफ शेख, तुलबहादुर थापा र सिद्धान्त लोहनीले समान १/१ विकेट लिए । पाँच खेलमा अपराजित लुम्बिनी छैटाैँ खेलमा पोखरासँग हारेको हो । लुम्बिनी ६ खेलमा १० अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा कायमै छ । ७ खेलमा २ खेल जितेको पोखरा ४ अङ्कका साथ पाँचौँ स्थानमा छ ।
आज हुने दोस्रो खेलमा अहिले एक बजे जनकपुर रोयल्स र विराटनगर सुपर किङ्ग्स खेल्दैछन् । चार खेलमा ३ खेल जितेको जनकपुर ६ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । समान खेलमा २ वटा जितेको विराटनगर ४ अङ्ककासाथ चौथो स्थानमा छ । नेपाल टी–२० लिगका खेल कीर्तिपुर मैदानमा हुँदै आएका छन् । प्रतियोगितामा काठमाण्डौ, पोखरा, फार वेस्ट, जनकपुर, विराटनगर र लुम्बिनी गरी ६ टोली सहभागी छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।