टी-२० लिग : जनकपुरद्वारा विराटनगर पराजित

 पुष १६, २०७९ शनिबार १७:२६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा जनकपुर रोयल्सले विराटनगर सुपर किङ्सलाई ४९ रनले पराजित गरेको छ ।  

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा १ सय ९० रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन मात्र बनायो । विराटनगरका लागि हुसेन तलतले सर्वाधिक ४२ रन बनाउँदा प्रदिप सिंह ऐरीले अविजित ३६ रन बनाए । गौराशुं शर्मा ३३ रनमा आउट भए ।

जनकपुरका लागि शमिउल्लाह शिनवारीले ३ तथा  ललित नारायण राजवंशीले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । जनकपुरको लागि समिउल्लाह शिनवारीले सर्वाधिक रन बनाए । उनले ४० बलमा ६ चौका र ६ छक्काको सहयोगमा रनमा ७८ अविजित रहे ।

यस्तै चाल्डिक वाल्टनले २९ रन बनाए ।  यस्तै सन्दिप जोरा २० रन, ट्राभिन ग्रेफिथले १९ रन बनाए । खडक बोहोरा १२ रनमा अविजित रहे ।

विराटनगरको लागि हुसेन तलत र सूर्य तामाङले समान २–२ विकेट लिए । नन्दन यादवले १ विकेट लिए । पाँच खेल खेलेर ४ जित हात पारेको जनकपुर ८ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।

पाँच खेल खेलेर दुई जित हात पारेको विराटनगर २ अंकका साथ अंक तालिकाको चौथो स्थानमा रहेको छ । लिगमा काठमाण्डौ नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् । 
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया