रामेछाप दुर्घटना : वडाअध्यक्ष बस्नेतको शोकमा भाेलि गाउँपालिका...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - नेपाल टी–२० क्रिकेट लिगमा विवाद देखिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) मुख्य आयोजक रहेको लिग सुरुवातदेखि नै विवादमा छ । विवादका कारण आजको पहिलो खेल ढिला गरी सुरु भएको छ। (क्यान) ले खेलाडीलाई पारिश्रमिक दिने आश्वासन दिएपछि खेल सुरु भएको हो।
अहिले काठमाण्डौ नाइट्स र विराटनगर सुपर किङ्ग्स खेलिरहेका छन् । बिहान खेलाडीले टस गर्न नमानेपछि ढिलो गरी सुरु भएको खेल ९ ओभरमा झारिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको काठमाण्डौले ९ ओभरमा ५ विकेट गुमाएर ९२ रन बनायो । जितका लागि विराटनगरले ९३ रनको लक्ष्य पाएको छ । विराटनगरले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
आज हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र जनकपुर रोयल्स खेल्दैछन् । नेपाल टी–२० लिगका खेल कीर्तिपुर मैदानमा हुँदै आएका छन् । यसैबीच यो प्रतियोगिताको कमेन्ट्री बक्समा देखिँदै आएका कमेन्टेटर सचिन तिम्सिनाले सामाजिक सञ्जालमार्फत् खेलमा फिक्सिङ हुने गरेको दाबी समेत गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।