नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
ऊर्जा सङ्कट कम गर्न भन्दै पाकिस्तानले नयाँ नियम बनाएको छ । पाकिस्तानका मन्त्री ख्वाजा आसिफले अब सबै शपिङ मल र बजारलाई रातिको साढे ८ बजेसम्म मात्रै खोल्न दिइने बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ ।
यस्तै पार्टी प्यालेसहरू पनि राति १० बजेभित्र बन्द गर्नुपर्नेछ । ऊर्जा र आर्थिक सङ्कटलाई ध्यानमा राखेर नागरिकले अब आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्ने मन्त्री आसिफले बताउनुभएको छ । साथै सबै सरकारी कार्यालयमा ३० प्रतिशतले बिजुली खपत घटाउन प्रधानमन्त्रीले निर्देशन दिएको पनि उहाँले बताउनुभयो । पाकिस्तानले अब देशभर ५० प्रतिशतमात्रै सडक बत्ती बाल्ने र ब्याट्रीबाट चल्ने मोटरसाइकलमा जोड दिने बताएको छ ।
यस्तै आउँदो साउनदेखि बढी बिजुली खपत गर्ने पङ्खा उत्पादन बन्द गरिने पनि मन्त्री आसिफले बताउनुभएको छ । नयाँ उपायबाट वार्षिक २७ करोड डलर बचत हुने विश्वास गरिएको छ ।
पाकिस्तानले ऊर्जासँगै गम्भीर आर्थिक सङ्कटको सामना गरिरहेको छ । पाकिस्तानको विदेशी मुद्रा सञ्चिति सात अर्ब डलरभन्दा कम भएको छ । यसले पाकिस्तानलाई जम्मा दुई महिनाको आयातमात्रै धान्न पुग्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।