रामेछाप दुर्घटना : वडाअध्यक्ष बस्नेतको शोकमा भाेलि गाउँपालिका...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज मङ्गलवार बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षबीच भेटवार्ता भएकाे हाे ।
सरकार विस्तार एवम् सहकार्यका सन्दर्भमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल हुँदै आएको छ । पहिलो चरणमा आठ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेको प्रचण्ड नेतृत्वकाे सरकारले विश्वासकाे मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने बताउँदै आएकाे छ ।
प्रधानमन्त्री प्रचण्डले यही पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिने हुनुभएको छ । दुई सय ७५ सदस्यीय प्रतिनिधि सभाको विश्वास लिन प्रधानमन्त्रीले एक सय ३८ सांसदको समर्थन लिनुपर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।